You are viewing the translated version of सार्वजनिक क्रण व्यवस्थापन कार्यालयको काम, कर्तव्य र जिम्मेवारी.

Rule 125
सार्वजनिक क्रण व्यवस्थापन कार्यालयको काम, कर्तव्य र जिम्मेवारी
ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लेख भएको अतिरिक्त सार्वजनिक क्रण व्यवस्थापन कार्यालय प्रमुखको काम, कर्तव्य र जिम्मेवारी देहाय बमोजिम हुनेछः- (क) क्रण सम्झौता अनुसार वैदेशिक क्रणको साँवा, ब्याज तथा अन्य शुल्क भुक्तानी गर्ने, हिसाब मिलान गर्ने, गराउने,
(ख) आन्तरिक तथा वैदेशिक क्ररणको अभिलेख तथा लेखा दुरुस्त राख्ने, सोको केन्द्रीय विवरण तयार गर्न मासिक, त्रैमासिक तथा वार्षिक विवरण महालेखा नियन्त्रक कार्यालयमा पठाउने,
(ग) अर्थ मन्त्रालयबाट स्वीकृत भए बमोजिम नेपाल सरकारको तर्फबाट शेयर तथा क्रण लगानी गर्ने, सहायक क्रण सम्झौता गर्ने, लेखा राख्ने, प्रतिवेदन गर्ने,
(घ) सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई प्राप्त हुनु पर्ने साँवा र ब्याज समयमै प्राप्त भए वा नभएको अनुगमन गरी अर्थ मन्त्रालयमा प्रतिवेदन गर्ने,
(ङ) सार्वजनिक क्रण सम्बन्धी अर्थ मन्त्रालयले तोकेको अन्य काम गर्ने।